फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्। माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयलाई दिएका थिए।

त्यहि पत्र सभामुख धिमातले पढेर सुनाएका हुन्। प्रदेश सभा निवायवलीको दफा २०७ मा यस सम्बन्धी व्यवस्था रहेको छ। त्यसमा भनिएको छ, ‘दल त्याग सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सोको जानकारी सभाको बैठकलाई दिनुपर्ने छ र बैठक चालु नरहेको अवस्थामा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस्न लगाउनुपर्नेछ।’

प्रदेश सभाको बैठक चालु रहेकाले सभामुख धिमालले पढेर सुनाएका हुन्। सभामुखले सभालाई जानकारी गराएसँगै सांसद धिमाल पदमुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0