काठमाडौँ । बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्य समितीको गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा समन घिमिरे, उपाध्यक्षमा सुमन कट्टेल,सन्तोष सापकोटा, बिकास लामा महासचिव मा साजन देउजा सचिव मा बिमल कार्की , सह– सचीव मा माईकल प्रजा कोषाध्यक्ष मा अनिश बानियाँ र सदस्यमा राम दाहाल ,सफल तामाङ ,शंकर तिवारी,आरती लामा,बिपिन कुइकेल,रमेश कुमार कार्की, बिनोद महर्जन , रिमा रसाइली, बिभुशा बजगाई र सन्जिब भट्टराई चयन भएका हुन् ।
केन्द्रिय सचीव बजगाईका अनुशार समिति निर्माण प्रादेशिक संरचनामा गैसकेसकेको र अब प्रत्येक जिल्लामा यसको बिस्तार सहित खेल मैदान निर्माणमा जुट्ने छन। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए।
नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भएपनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र बिकासमा लाग्नुपर्ने कुरामा पनि वक्ताहरुको बिशेष जोड रहेको थियो । हाल सम्म ५ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचना अनतरगत गैइसकेको केन्द्रिय सचिव दिनेश बजगाईले जानकारी दिए ।
प्रदेश खेलकुद विकास परिषद , बाग्मती प्रदेशका सदस्य सचीव सुर्यलाल भण्डारीको प्रमुख आथिथ्य , प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका सदस्य धनकुमार मैनाली आथिथ्य तथा संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल, सचीव दिनेश बजगाई लागाएतको विशेष उपस्थितीमा,पाटन क्याम्पस ,ललितपुरमा सम्पन्न भएको हो।