रामेछाप । नेकपा माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रामेछापले जिल्लाको अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम यहि जेठ १८ गते शुक्रबार रामेछाप जिल्लाको मन्थली गुम्बा हलमा हुने अ.ने.म. संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष गिता बिष्टले बताएकी छिन ।
जेठ १८ गते शुक्रबार हुने उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा अनेम संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष तथा कानुन न्याय तथा मानव अधिकार समिती सभापति माननीय विमला सुवेदी रहने छिन ।
पार्टीकाे केन्द्रीय सदस्य तथा अनेम संघ बाग्मति प्रदेश अध्यक्ष सुनिता गाैतम लगायतका प्रदेश पदाधिकारीहरु कार्यक्रममा प्रशिक्षक हुने अध्यक्ष बिष्टले बताइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1