काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ।
बजेटका पाँच उद्देश्य देहायबमोजिम रहेका छन्:
(१) उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
(२) निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
(३) मानव संसाधन विकास गर्नु,
(४) स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
(५) सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका पाँच प्राथमिकता देहायबमोजिम तय गरेको छुः
(१) आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
(२) कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
(३) शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
(४) समावेशिता र सामाजिक सुरक्षा, र
(५) सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।