काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई विनाघितो ऋण दिने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रेमिन्ट्यान्स पठाउने सुनिश्चिताका आधारमा विदेश जानेलाई विनाघितो ऋण दिने बताए ।

आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा १ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने र यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । यस्तै उनले योगदानमा आधिरत सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0