काठमाडौं । सरकारले आगामि आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । मंगलबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेको हो ।
पुनका अनुसार कोसीलाई उद्योग, मधेसलाई कृषि, वाग्मतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1