काठमाडौ । काभ्रेको पाँचखाल नगरपालिका १३ कोशिदेखा कालिञ्जोर ठुलोचउरामा तामाङ गुम्बा(म्हाने) निर्मण भएको छ ।

स्थानीय समुदाय मिलेर झन्डै साढे तीन लाख लागतमा म्हानेको निर्माण गरिएको रेडियो नमोबुद्वका स्थानीय संवाददाता श्याम योन्जनले जानकारी दिए । स्थानीयको सक्रियतामा निर्मित म्हानेको उद्घाटन ज्येष्ठ १३ गते स्थानीय लामा गुरुबाट गरिएको थियो ।

श्यामका अनुसार बौद्धमार्गी तामाङ समुदायको बस्ती भएपनी गुम्बा नभएपछि स्थानीय आफैं मिलेर आफुले सकेको सहयोग गर्दै म्हाने निर्माण गरिएको हो ।

त्यस्तै ज्येष्ठ १४ गते दिउँसो हावाहुरी सहित आएको वर्षाले म्हानेको टुप्पो भाचिएको छ । `दु:ख गरेर बल्लतल्ल बनाएको म्हाने । त्यहीँपनि हावाले टुप्पो नै भाच्दिएछ´, एक  स्थानीयले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0