भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १३ कर्मचारीका लागि आवेदन माग गरेको हो ।
इच्छुक योग्य उमेद्वारहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही गरिने छैन सूचनामा भनिएको छ ।
दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा राखिने जानकारी पनि केन्द्रले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1