काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
आज बिहान शीतलनिवासमा पुगेर उनले भेट गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले संसद्को जारी गतिरोधबारे चासो राखेका थिए । प्रधानमन्त्री दाहालले पनि भेटका अवसरमा आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1