
एलन मस्कले अहिलेसम्मकै ठूलो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरू गरेका छन् । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले आइतबार स्वास्थ्य क्षेत्रमा इन्टरनेट सेवा सार्वजनिक गरेका हुन् ।
यसले दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउने अपेक्षा गरिएको छ । इन्डोनेसिया २७,००० टापुहरूको देश हो जसको जनसंख्या २७ करोड भन्दा बढीको तीन समय क्षेत्रहरूमा फैलिएको छ ।
एप्पलका सीईओ टिम कुकले अप्रिल १७ मा विडोडोसँग भेट गरेको केही हप्तापछि मस्क पनि इन्डोनेसिया पुगेका हुन ।
माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले अप्रिल ३० मा इन्डोनेसियाको भ्रमण गर्दै आगामी चार वर्षमा इन्डोनेसियामा नयाँ क्लाउड र एआई पूर्वाधारमा १.७ बिलियन अमेरिकी डलर लगानी गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
