काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैधता नपाउने दाबी गर्दै उनले त्यसलाई रोक्न रिटमा माग गरेका हुन् ।

यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्ने तयारी भइरहेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

यादवले जसपा नेपालबाट अलग भएका सातजनाले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । उनीहरू जसपा नेपाल र जसपा दुवैको सांसद नभएको र पार्टीविहीन भएको उपेन्द्रकाे जिकिर छ ।

प्रधानमन्त्री सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0