काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।
छलफलमा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला , माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे , कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।
दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1