रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको “जनतासँग जनप्रतिनिधि” कार्यक्रम आज बाट संचालन हुदै छ ।
लिखु तामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०८० / ०८१ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम हालसम्म भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह लगायतका समीक्षा, अन्तरक्रिया तथा छलफल र आगामी दिनमा गाउँपालिकाले गर्नु पर्ने र लिनु पर्ने नीति योजना तथा कार्यक्रमका बारेमा गाउँपालिकाका ७ ओटै वडामा कार्यक्रम संचालन गर्दै छ ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतका अनुसार , “जनतासँग जनप्रतिनिधि” कार्यक्रम जनप्रतिनिधिले गरेको काम जनताले मन पराएका छन् कि छैन, जनप्रतिनिधिले जनताको काम कति गरेका छन् अब आउने बर्षमा के के गर्ने भन्ने विषयमा छलफल गर्न उनले बताए ।
जनप्रतिनिधिले गरेको विकासको काम र नतिजा पनि जनतालाई थाहा हुनु पर्छ, महतले भने ।
“जनतासँग जनप्रतिनिधि” कार्यक्रम रामेछाप जिल्लाकै नमुना कार्यक्रम हुने र पहिले लिखु तामाकोशी बाट मैले सुरु गरेको छु, महत ।
वडावासी सम्पूर्ण नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, क्रियाशील सहकारी संस्थाका पदाधिकारी र लिखु तामाकोशी गाउँपालिका मातहतका विषयगत शाखा (स्वास्थ्य, कृषि विकास, पशु सेवा लगायत) हरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरू सबैलाई बोलेर छलफल गरिने लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिएका छन् ।