
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लगाइएको बताएका छन् ।
सनिबार पार्टीको काठमाडांै महानगरपालिका कमिटीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
ओलीले भने ”रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्नँ भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?”
उनले कांग्रेसले सत्तास्वार्थका निम्ति उपप्रधानमन्त्री लामिछानेले सहकारीको बचत अपचलन गरेको भन्दै हिँडेको दावी गरे ।
‘संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरूलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसद्मा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने । यस्तो लोकतन्त्र हुन्छ कहीँ ? जुन नेपाली कांग्रेसले गरेको छ ’ ओलीले भने ।
