रामेछाप । रामेछाप एमाले नवौं जिल्ला अधिवेशनमा सबै भन्दा कान्छो उम्मेदवारको रुपमा नेत्र बहादुर बुढाथोकीले जिल्ला सदस्यको उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनमा मन्थली नगरपालिका वडा नं १० चनखु का नेत्र बहादुर बुढाथोकीले नगर भुगोल खुल्ला क्लस्टरबाट सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । बुढाथोकी जिल्लाको सबै भन्दा कान्छो उम्मेदवार हुन् ।
बिधार्थी जीवन देखि नै राजनितिमा सक्रिय रहेका बुढाथोकी मदन आश्रित क्याम्पसको इकाई अध्यक्ष हुदै सिटिईभिटी केन्द्रिय समितिको उपाध्यक्ष सम्म भए । बुढाथोकी हाल अनेरास्ववियु केन्द्रिय संघठन बिभागको सचिव समेत रहेका छन् ।
बुढाथोकी युवा माझ लोकप्रिय र सामाजिक व्यक्तित्व भएकाले उनले जित्ने निश्चित जस्तै भएको उनले बताए । मन्थली खुल्ला क्लस्टरबाट जिल्लामा जम्मा ८ जनाको कोटा रहेकोमा १८ जनाले उम्मेदवारी दिएका छन् ।
बुढाथोकी भने, “अग्रज नेताहरुको प्रस्ताव र समकालीन कम्रेडहरुको समर्थनमा पछिल्लो समय युवाहरुप्रती देखिएको आशा र भरोसालाई आत्मसाथ गर्दै युवाहरु भबिस्यको कर्णधार मात्रै नभइ बर्तमानका हिस्सेदार पनि हुन भन्ने कुरा स्थापित गर्न र पार्टीभित्र युवाहरुको बलियो उपस्थिति प्रस्तुत गर्न जिल्ला सदस्यमा मेरो उम्मेदवारी रहेको छ” ।