काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० बन्नेको छ । घरेलु टिम नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्डिजका एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए भने कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चार्ल्सले ११ र केसी कार्टीले १० रन थपे ।

नवौँ नम्बरमा ब्याटिङमा आएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेस्ट इन्डिजले १५० रन कटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0