रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।

पुनलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0