काठमाडौं । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा सेना परिचालनको स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाइ १ ‘क’ मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1