काठमाडौँ । मंगलबार अपरान्ह चार बजेतिर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उनलाई रास्ट्रपति रामचन्द्र पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।
कतारी राजाको सवारी हुँंदा रुट खाली गरिएपछि यात्रीहरुले सास्ती भाेग्नु परेको छ ।
यातायात आवतजावतमा ठप्प गरिएपछि विभिन्न स्थानमा पुग्नुपर्ने यात्रीहरु पैदल हिँड्न बाध्य भएका हुन् ।
रत्नपार्क ,सुन्धारा हुँदै कोटेश्वर ,भक्तपुर जाने यातायात कुरेर त्रिपुरेस्वरमा बसिरहेकी एक महिलाले भनिन् `म यहाँ गाडि कुरेको एक घण्टा हुन लागिसक्यो । अहिलेसम्म एउटा बस आको छैन । आज कता राजा आउँछ भन्थे ,आएछन् क्यार ´ उनी थप्छिन `आफ्नो देशको जनतालाई दु:ख दिएर बाहिर देशको राजा आउँदा किन यस्तो गरेको होला ?´
थानीलाई एअरपोर्टबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुर्याएपछी सडकलाई खाली गराइएको थियो ।
दुइदिने राजकीय भ्रमणका लागि नेपाल आएका थानी बुधबार फर्कने कार्यतालिका रहेको छ ।