काठमाडौँ । नेपाली काङ्ग्रेस रामेछापका सभापति एवम् प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) ले रामेछापको विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।
विहिबार साङ्गा छ्योइलिङ गुम्बाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सबैजनाले विश्वास गरेर जिताउनु भएको छ ।मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ
´, कान्छारामले भने ।
उनले रामेछापको ६४ वटै वडाको प्रत्येक ठाउँ-ठाउँमा बाटो ,खानेपानी र सिँचाइको व्यवस्था गर्न पाए आफू सन्तुष्ट हुने बताए ।
रामेछापेली जनताका समस्यामा हरेक समय संगै रहेर काम गर्ने उनले बताए । `म हरेक समस्यामा तपाईंहरु संगै रहनेछु । कहिकतै केही आवस्यक परे रात वा दिन जतिखेर पनि मलाई सम्झनुहोला
´,कान्छारामले भने ।
साथै रामेछापमा आफू निर्वाचित भएर आएपछि हालसम्म झन्डै चार अर्व जति रकम प्रदेश र संघ मार्फत विभिन्न विकास निर्माणका कार्यहरू गर्न लगिएको उनले दावी गरे ।