धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशमा पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी रहेको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले जानकारी दिए ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0