काठमाडौँ । श्री इन्द्रावती जनजागरण युवा समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सनिवार ललितपुर स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिबराम बुढाथोकीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको निवर्तमान अध्यक्ष ज्ञान बहादुर चौहानले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा गंगा बुढाथोकी, सचिवमा कृष्ण बहादुर चौहान, सह-सचिवमा नानू बुढाथोकी,कोषाध्यक्षमा सरिता खड्का खत्री चयन भएका छन् ।
सदस्यहरुमा अबिता बोहोरा खत्री ,विनिता बुढाथोकी ,राजेन्द्र चौहान,मिन बहादुर खत्री ,माधव खत्री र खड्ग बहादुर खत्री रहेका छन् ।
नयाँ कार्यसमितिलाई काङ्ग्रेस रामेछाप जिल्ला कार्यसमिति सचिव विनोद कार्कीले प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने निर्वाचन अधिकृत समेत रहेका अधिवक्ता गोविन्द बहादुर चौहानले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
नयाँ कार्यसमितिहरुलाई संस्थापक अध्यक्ष जित बहादुर खत्री ,निवर्तमान अध्यक्ष चौहान ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव विनोद कार्की,काङ्ग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि कपिल कार्की लगायतले बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष बुढाथोकीले चनखुका सबैजनालाई समेटेर अगाडि बढ्ने बताए । उनले सबैको सल्लाह र सुझावलाई ध्यानमा राख्दै संस्थाको हित र सामाजिक विकासमा अगाडि बढ्ने प्रतिवद्वता समेत जनाए । सर्वसम्मतिले मलाई अध्यक्ष बनाउनुभएको छ । म सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ´-बुढाथोकीले भने
आज म धेरै बोल्दिन । म बोल्ने भन्दा पनि काम गरेर देखाउन चाहन्छु । संस्थाको आर्थिक पाटोलाई मजबुत हुनेगरी नयाँ काम गर्दै अगाडि बढ्नेछु ।´
रामेछाप जिल्लाको मन्थली नगरपालिका १० चनखुमा सक्रिय रहेको यस सामाजिक संस्था २०६६ साल मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भएको थियो ।
यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र लकडाउनको समयमा विपन्न वर्गलाई राहत सामाग्री पनि वितरण गरिएको थियो ।